vada
News

चट्याङ लागेर दुई जनाको गयो ज्यान, एक घाइते

मकवानपुर, ११ असार । मकवानपुरको बकैयामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।एक जना घाइते भएका छन् ।गए राति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षकी सम्झना घिसिङ र २५ वर्षकी बिना घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।सम्झनाको घरमै र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको हो ।राति पानीसँगै परेको चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएका छन् ।जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

चट्याङबाट कसरी बच्ने?

चट्याङबाट बच्ने उपाय सावधानी हो।चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन।अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ।‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट मुक्त हुनु पनि हो।ठूला रूखका फेदमा बस्नु हुदैन । ‘बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन ।त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ। यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन्।नेपालमा बढीजसो चैत, वैशाख र जेठ महिनामा चट्याङले असर गर्छ। जलवायु परिवर्तनले पनि चट्याङ निम्त्याइरहेको हुन्छ। जलवायुको परिवर्तनको कुनै नियम छैन।

Related Articles

Back to top button
Close