News

पाल्पामा एकैदिन थप ९३ जनामा कोरोना पुष्टि, भयो खैलाबैला

पाल्पा । पाल्पामा एकै दिन ९३ जनामा कोरोना संक्रमण भएको छ । चितवनको भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा पाल्पाका ९३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

२३४ वटा नमुना परीक्षणमा एकै पटक ९३ जनामा संक्रमण देखिएपछि पाल्पामा मात्रै संक्रमित हुनेको संख्या ३३९ पुगेको छ ।

भरतपुर अस्पतालले आज एकाबिहानै सूचना निकालेर असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका ति संक्रमितहरुका बारेमा जानकारी दिएको हो ।

चितवनमा प्रयोगशाला सञ्चालनपछि सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलो पटक भएको अस्पतालले जनाएको छ । एकैपटक यत्रो ठूलो संख्यामा कोरोना संक्रमणको पुष्टी भएपछि चितवनमा मात्रै नभएर पाल्पामा पनि खैलाबैला सुरु भएको छ ।

Related Articles

Back to top button
Close