News

आयो अर्को खुशीको खबर, कोरोना शून्य जिल्ला बन्यो मुगु

मुगु-मुगु कोरोना शून्य जिल्ला बनेको छ । भएका एक संक्रमित निको भएसँगै कोरोना शून्य जिल्ला बनेको हो ।गत जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनी मुगुको पहिलो संक्रमित बनेका थिए ।

अहिले उनी पनि निको भएर घर फर्के पछि मुगु कोरोना शून्य जिल्ला बनेको हो । बिहीवार मुगु जिल्लाकाबाट पठाएका १ सय २६ स्वावहरु मध्य ७८ वटाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने ४८ स्वावको रिर्पोट आउन बाँकी रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close