News

सुशान्तको बारेमा क्लासमेटले गरेका ५ कुरा, जस्ले भाबुक बनाउँछ (पढ्नुहाेस)

सुशान्तको निधनले उनका फ्यानहरु दुखी भएका छन् ।तर उनका क्लासमेटहरु उस्ले किन यस्तो कदम उठाउन बाध्य भयो भनेर चकित भएर बसेका छन् ।उनी सधै सकरात्मक सोच्ने र जीवनमा सकरात्मक उर्जा प्राप्त गर्न प्रेरित गर्ने व्यक्त्तिमा पर्थे ।

उनको कलेज सँगै पढेको साथीले उनको बारेमा ५ तथ्य बताएकी छिन् । जुन पढेर हामी उनलाई अझ माया गर्न बाध्य हुनेछौं । उनको स्कूल सँगै पढेकी साथी आरती बान्द्राले उनी खुशीको एउटा प्याकेज नै भएको बताएकी छिन् । भारतीय मिडियाको अन्तर्वार्तामा उनले सुशान्त सकरातमक सोच भएको बताउँदै उनको बारेमा ५ वटा तथ्य उजागार गरेकी हुन् ।

साथीसँग सुशान्त

१) उस्ले कहिले पनि आफ्नो टाउकोमा बोझ लिएन । हरेक कुरालाई सरल रुपमा लिन्थ्यो । एसटी करण हाइस्कूल पटनाबाट ८ कक्षा पास गरेपछि उ दिल्ली आएको थियो । मैले पहिलोपटक उस्लाई कुलाची हंसराज स्कूल दिल्लीमा भेटेको हो । उ नयाँ बिद्याथीको रुपमा हामी पढ्ने स्कुलमा आएको थियो । उ मेरो साथी बन्न पुग्यो । उ र म मा धेरै भिन्नता थियो । उ एकदमै हास्न र रमाइलो गर्न मन पराउने व्यक्त्ति थियो । म पढ्नमा एकदम ध्यान दिन्थे । उस्ले पढाइलाई सामान्य रुपमा लिने गर्थ्यो । उ एकदमै अलराउन्डर भएकोले शिक्षक शिक्षिकाको माया पाएको थियो ।

सुशान्तको साथी

२) उस्मा धेरै कन्फिडेन्ट थियो । हामी सबै स्कूलबाट बिदा हुदैथ्यौ । म एकदमै लो फिल गरिरहेको थिए । तर उ एकदमै सहज रुपमा लिइरहेको थियो । त्यसपछि हामी बाहिर निस्कने तरखर गर्दै थियौं इन्जिनियरिङ पढ्नको लागि कोचिङ् क्लास पढाउनेले खैरौ पर्चा बाढिरहेको थिए । मैले उक्त्त पर्चा लिए । सुशान्त कुदेर आयो र उक्त्त पर्चामा आइ लभ यु आरती लेखेर भाग्यो । मैले उस्लाई बोलाएर उस्को हातमा भएको पर्चा मागे अनि किन यस्तो लेखेको भनेर प्रश्न गरे, उस्ले सहजै उत्तर दियो, “के थाहा जिन्दगीमा भोली भेट होला नहोला आज यही पर्चा दिए” उस्को त्यो पर्चा मैले आज सम्म पनि सम्हालेर राखेको छु ।

३) उ एकदम मेहनती थियो । उस्ले इन्जिनियरिङ् पढ्नको लागि एक वर्ष ग्याप बस्यो । उस्को आमाको मृत्यु भएकोले उस्ले राम्रो सँग पढ्न सकेन । सुशान्त आमासँग एकदमै निकट थियो । आमाको निधन भएकोले एकैपटकमा डिसिइ इन्जिनियरिङ् कलेजमा नाम निकाल्न सकेन । तर अर्को वर्ष धेरै भन्दा धेरै मेहिनत गरेर उस्ले नाम निकाल्न सफल भयो ।

सुशान्तको साथी नेहा र आरती

४) सुशान्तले इन्जिनियरिङ छाडेर मनोरञ्जन क्षेत्रमा पाईला चाल्न लागेको खबर सुनाउनकै लागि दिल्ली बाट उजैन सम्मको यात्रा गरेको थियो । अहिले पनि नेहाले उस्को अनुहारमा आएको चमक र खुशीको बारेमा अहिले पनि कुरा गरिरहन्छे । उस्ले २००६ मा एश्वर्या रायको पछाडी नृत्य गर्ने अवसर पाएको थियो । त्यो बेला उस्ले संसार नै जिते जस्तो गरि हल्ला गरेको थियो । उस्को त्यो खुशीको म बयान नै गर्न सक्दिन ।

आफ्ना साथीह्यरुसँग सुशान्त

५) हामीले हाम्रो आफ्नो आफ्नो नम्बर लिएर छुट्टिएका थियौं । फोन नम्बर चेञ्ज गरिरहने बानीले गर्दा हामी सुशान्तसँग धेरै समयसम्म कुरा नै गर्न पाउँदैन थियौं । एकपटक उस्ले नम्बर धेरै चेन्ज गर्यो भनेर मसँग झ-गडा नै परेको थियो । मलाई तेरो नम्बर याद छ, मैले नम्बर चेन्ज गरे पनि तेरो नम्बर चै चेन्ज नगर है भनेर मलाई सम्झाउँथ्यो । मैले उसँग २०१७ मा अन्तिम पटक कुरा गरेको थिए । उस्ले मलाई तलाई भेट्नको लागि मात्र दिल्ली आउने प्लान बनाउँदैछु भनेको थियो । उस्को व्यस्त समय र उ ठूलो सेलिब्रेटी बनिसक्यो अब हाम्रो भ्या-लु गर्दैन भनेर मैले आफै नम्बर चेन्ज गरे । तर अहिले मलाई प-छुतो लागेको छ । उसँग रेगुलर टचमा नभएकोमा आफु आफैलाई धिक्कार्छु । सायद मैले उस्लाई कल गरेर उस्को समस्या बुझेको भए …

र अन्त्यमा उस्ले यस्तो काम गर्छ भनेर मैले सपनामा पनि सोचेको थिइन् । उ एकदमै सकरात्मक सोच भएको मान्छे थियो

Related Articles

Back to top button
Close