vada
News

इच्छाधारी नागको नागिनसँग विवाह ! प्रहरीलाई भिड सम्हाल्न हम्मे हम्मे

एजेन्सी – भारतमा एक अनौठो घटना घटेको छ । भारतका एक युवकले आफु इच्छाधारी नाग भएको बताउदै नागिनसँग विवाह गर्ने निर्णय गरेको बताए ।

इच्छाधारी नागको दाबि गरेका सन्दीप पटेल नाम गरेका ती युवकले आफुले शिव मन्दिरमा नागिनसँग विवाह गर्ने बताएपछि हेर्न आउनेको भीड लाग्यो । ती युवकले नागिनसँग विवाह गर्ने हल्ला फैलिएपछि टाढाबाट मानिसहरु हेर्न आए । मानिसको भिडलाई सम्हाल्न मुम्बई प्रहरीलाई निकै गाह्रो भयो ।

आफुलाई ‘इच्छाधारी नाग बताउने बनारसबाट ३० किलोमिटर टाढाको राजपुरमा बस्ने सन्दीप पटेल नाम गरेका उक्त युवकलाई प्रहरीले समात्यो । उनलाई मात्र होइन उनका बाबुलाई पनि नहुने हल्ला फिजाएको भन्दे प्रहरीले समात्यो ।

प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा युवक रोगबाट ग्रसित भएको खुल्यो । रोगबाट ग्रसित युवकको हात खुट्टा नचल्ने र मेसीनको सहायताले चल्ने हुनाले सबैले नाग भन्न थालेको र विवाह गर्दा झुटो हल्ला फैलिएको उनका परिवारले बताए ।

Related Articles

Back to top button
Close