विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जनाए सहमत !
काठमाडौँ । अहिले अंगिकृत नागरिकताको वहसले मुलुकमा चर्चा छ । विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने विषयमा राजनीतिक दलका नेताका विचमा वहस जारी छ । नेपाली कांग्रेस र मधेसवादी दलका नेताहरु यो प्रावधानको विपक्षमा छन् भने नेकपाले आफ्नो केन्द्रिय समितिवाट पास गरिसकेको छ ।
जसपाको सांसद सरिता गिरीले नेपालको नयाँ नक्सा र भारतद्धारा अतिक्रमित भूमीका बारेमा दिएको अभिब्यक्ति लगत्तै आएको यो अंगिकृत नागरिकताको वहसलाई मधेसवादी दलका नेताले भारतीय वुहारीलाई मात्र हेरेर प्रतिकृया दिएका छन् । चर्चामा रहेको यो विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि प्रतिकृया दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एउटा ट्वीट गर्दै उनले त्यसवारे आफ्नो प्रतिकृया सार्वजनिक गरेका हुन् ।
उनले टुइट गर्दै लेखेका छन् विश्वमा सबै देशका नागरिकता सम्बन्धी आ(आफ्नै कानून भएको बताएका छन् । कुनै पनि सार्वभौम देशको आफ्नै प्रकारको कानून हुने उनले बताएका छन् । उनले भनेका छन् “देशको नियम कानून समयानुसार फेरबदल हुनु आवश्यक पनि हुन्छ । जनमतको कदर गर्नु सबै राजनैतिक दलको अनिवार्य दायित्व पनि हो।”
विश्वमा सबै देशका नागरिकता सम्बन्धी आ-आफ्नै कानून छन् जुन कडाईका साथ पालना पनि हुँदै आएका छन्। कुनै पनि सार्वभौम देशको आफ्नै प्रकारको कानून हुनु भिन्न कुरा होईन। देशको नियम कानून समयानुसार फेरबदल हुनु आवश्यक पनि हुन्छ। जनमतको कदर गर्नु सबै राजनैतिक दलको अनिवार्य दायित्व पनि हो।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) June 23, 2020
नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ । जसमा विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने उल्लेख छ । त्यस भन्दा अघिका लागि सबै अधिकार उपयोग गर्न पाउने परिचय पत्रको ब्यवस्था गर्ने उल्लेख छ ।
राज्यव्यवस्था तथा सुशासन समितिले विधेयकलाई झन्डै २ वर्ष लगाएर प्रतिवेदन तयार पारेको हो । विदेशी महिलाले ७ वर्ष पछि वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधान राखेर समितिले विधेयकलाई टुंगो लगाए पनि मधेस केन्द्रीत राजनीतिक दलहरूले यस प्रावधानको विरोध गर्दै आएका छन् ।