vada
News

३ महिने शिशुसहित गण्डकी प्रदेशमा एकैदिन थपिए १०४ संक्रमित

मंगलबार साँझ गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु बाग्लुङ, कास्की पर्वत, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा र गोरखाका छन् ।

जसमध्ये बाग्लुङका ६ जना, कास्कीका ७ जना, पर्वतका २१ जना, नवलपरासी (बर्दघात सुस्ता पूर्व) का २१ जना, तनहुँका १ जना र स्याङ्जाका १३ जना रहेका छन् ।

नयाँ संक्रमितहरु ३ महिने शिशु, ३ वर्षीय बालक लगायत रहेका छन् ।

यति ठुलो संख्यामा गण्डकी प्रदेशमा यसअगाडी संक्रमित भेटिएका थिएनन् । योसँगै संक्रमितको संख्या ६ सय ९७ पुगेको छ ।

थपिएका संक्रमितको विवरण

Related Articles

Back to top button