vada
News

फिल्ममा काम गरेको पैसा पाउन दुई हात जोड्नुपर्ने भन्दै यसरी दुखेसो पोखे पल शाहले

काठमाडौं – अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि अहिले बलिउडमा नातावाद, कृपावाद र गुटबन्दीको चर्चा चलिरहेको छ । बलिउडसँगै अहिले नेपाली फिल्ममा पनि नातावाद र गुटबन्दीका कुराहरु उठ्न थालेको छ ।

यसैबीच नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता ततथा मोडल पल शाहले यस बिषयका केही कुराहरु राखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पारिश्रमिकको मुद्दा उठाएका छन् । उनले फेसबुकमा एक स्टाटसमार्फत पारिश्रमिक उठाउन कलाकारले ठुलो संघर्ष गर्नुपर्ने बताएका छन् ।

उनले स्टाटस लेख्दै प्रश्न गरेका छन् -, ‘के तपाईले आफूले गरेको फिल्मको पैसा पाउन वर्षौवर्षसम्म डिरेक्टर, प्रोड्युसरसँग दुई हात जोड्नुपरेको छ रु यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेका कलाकारलाई त्यही फिल्मको पैसा पाउन वर्षौ कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ? ’

Related Articles

Back to top button