vada
News

कोरोना उपचारमा खटिएका डाक्टरको हात देखेर भावुक बने मानिसहरु

कोरोना महामारीले आक्रान्त बनेको बिश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् ।यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो योग्दान दिइरहेको छन् ।केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहार भाइरल भएको थियो ।धेरैले उनहरुप्रति सहानुभूति प्रकट गरेका थिए ।

सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो ।इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना संक्रमणको शिकार भएर ज्यान गुमाए ।लामो समयसम्म पीपीई लगाएर काम गर्दा उनीहरुको अवस्था कस्तो हुन्छ ?के तपाईले कल्पना गर्नुभएको छ ?पिपिईले कोरोनाको संक्रमणबाट त बचाउँला तर त्यसको हानी पनि कम छैन ।सोमबार ट्वीटरमा अवनिष कुमारले एउटा फोटो शेयर गरेका छन् ।

उक्त्त फोटोमा देखिएको हात भारतको डाक्टरको हो ।उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् । “यो हात कोरोनाको उपचारमा संलग्न भएको डाक्टरको हो ।जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुकाल्दाको हो । उनीहरु नै रियल हिरो हुन् र हामीले सम्मान गर्नुपर्छ ।”उनको यो पोष्ट अहिले भाइरल भइरहेको छ । धेरैले डाक्टरलाई भगवान मानेर पुजा गर्ने बताइरहेका छन् ।

Related Articles

Back to top button
Close