vada
News

काठमाडौं उपत्यकामा प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव

काठमाडौं । विश्वभरका मुलुक कोरोनाभाइरसको सामना गरिरहेका छन् । यसबाट जोगिन विश्वभरका अधिकांश मुलुक लकडाउनको अवस्थामा रहेका छन् । नेपाल पनि कोरोनाभाइरसबाट जोगिन महिनौं दिनदेखि लकडाउन अवस्थामा छ ।

काठमाडौं उपत्यकासहित जोखिम कम रहेका शहरमा केही खुकुलो पनि गरिएको छ । तर, कोरोनाको महामारी नहुन दिन सरकारदेखि आम नागरिक सचेत हुनु पर्ने अवस्था छ ।

यसैलाई मध्यनजर गर्दै संसदमा मंगलबार काठमाडौं उपत्यकामा शनिबार र आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरसको संक्रमण बढ्न नदिन शनिबार र आइतबार सार्वजनिक दिन मौखिक प्रस्ताव गरेका हुन् ।

लकडाउन खुकुलो भएसँगै सवारी साधनहरुको चाप र सर्वसाधरणको चहलपहल बढेको भन्दै उनले काठमाडौं उपत्यकामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गर्न माग गरेका हुन् ।

काठमाडौं उपत्यकामा शनिबार र आइतबार दिइने सार्वजनिक बिदा २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा ल्याएपछि हटाइएको थियो ।

Related Articles

Back to top button
Close