vada
News

थाईल्याण्डबाट नेपाल आईपुगिन् पूर्वयुवराज्ञी हिमानी शाह

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाह थाईल्याण्डबाट नेपाल आईपुगेकी छिन् । उनी मंगलबार छोरा हृदयेन्द्रसहित नेपाल आईपुगेकी हुन् । उनी आज दिउँसो नै नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन बिमानस्थल आईपुगेको बताइएको छ । उनी ३ महिनाअघि छोरीहरुलाई भेट गन थाईल्याण्ड गएकी थिइन् । उनका दुई छोरीहरु सिंगापुरमा अध्ययन गरिरहेका छन् ।

विमानस्थलमा ओर्लिएपछि हिमानी र छोरा हृदयेन्द्र होटल क्वारेन्टिनमा बसेको बतायएको छ। उनीहरुको क्वारेन्टिन व्यवस्थापन नेपाली सेनाले गरेको जनाइएको छ । केहि समयअघि उनको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनी टिकटक भिडियोमा छोरीहरुसँग देखिएकी थिइन् ।

Related Articles

Back to top button