vada
News

सुशान्तमाथि केन्द्रित रहेर फिल्म बन्दै, यस्तो राखियो नाम

एजेन्सी – एकसाता अघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो । उनले एक्कासी मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । अहिले उनको निधनले बलिउड नै शोकमा डुबिरहेको छ । उनको निधनले दुखी हुँदै हालसम्म ५ जना फ्यानले पनि आफ्नो प्राण त्यागीसकेका छन् ।

उनकी भाउजुले पनि निधनको खबर सुन्न नसकि प्राण त्यागिन् । उनको निधनपछि बलिउडमा परिवारवादको चर्चा चलिरहेकोे छ। केही अभिनेता तथा अभिनेत्रीमाथि अहिले प्रशंसकहरू खनिएका छन् ।

परिवारले उनको मृत्यु रहस्यमय भन्दै अनुसन्धानको माग गरेपछि मुम्बई प्रहरीले यस घटनालाई लिएर अनुसंधान गरिरहेको छ । यसैबीच फिल्म निर्माता विजय शेखर गुप्ताले यसै बिष्यालाई लिएर एक फिल्म बनाउने भएका छन् ।

उनले सुशान्तमाथि केन्द्रित रहेर फिल्म बनाउने घोषणा गरेको भारतिय मिडियामा जनाइएको छ । उनले फिल्मको नाम उनले ‘सुसाईड और मडर’ राखेका छन् । विजय शेखर गुप्ताले एक अन्तर्वातामा अभिनेता र प्रोडक्शन हाउसको एकाधिकार सक्नको लागि यो फिल्म बनाउन लागेको बताएका छन् । यस फिल्मको पोस्टर समेत निकालिएको छ । यस फिल्मको शुटिङ १५ जुलाईबाट शुरु गरिने जनाइएको छ ।

Related Articles

Back to top button
Close