News

विदामा आएका कामदार, अध्ययन गर्ने विद्यार्थी विदेश जान पाउने

विदामा घर आएका नेपालीहरु मध्य धेरै कोरोनाका कारण भएको लकडाउनले नेपालमै छन् । विदेशमा काम गर्ने कामदार र अध्ययन विदामा स्वदेश फर्किएकाहरु नेपालमै रहेका छन् । उनीहरुका विषयमा सरकारले निर्णय गरेको छ । विदेशमा कार्यरत नेपाली श्रमिक तथा अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीका लागि मापदण्ड तोकी स्वीकृत गर्न सक्ने प्रस्ताव मन्त्रिपरिषदमा जाने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेपछि अब उनीहरुका लागि बाटो खुल्ने संकेत देखिएको हो ।

‘वैदेशिक रोजगारीमा रही विदामा आएका र नयाँ रोजगारीमा विदेश जाने श्रमिकहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोभिड–१९ को रिपोर्ट चाहिने भएमा सम्बन्धित व्यक्तिले नै खर्च ब्यहोर्ने गर्ने गरी र जनस्वास्थ्य प्रोटोकल पालना गरी आवत–जावत अनुमति दिने’, निर्णयमा उल्लेख छ ।

श्रम मन्त्रालयले जापान लगायतका केही युरोपेली देशमा जाने कामदारलाई श्रम इजाजत दिएर त्यहाँसम्म चार्टर्ड फ्लाइटका लागि जाने विमानमा पठाउने प्रस्ताव गरिएको थियो ।

Related Articles

Back to top button
Close