News

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने, शिर्ष नेताहरु ओली विरुद्द एकजुट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्त्वको सरकारको नेतृत्त्वबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने अन्तिम कसरत सुरु भएको छ।

प्रधानमन्त्री ओलीमा अ’हंकार बढेको र पार्टीको सहमती विपरित हिडेको भन्दै नेकपाका शिर्ष नेताहरु ओली विरुद्द एकजुट भएका हुन्। सरकारका जिम्मेवार मन्त्री र पदाधिकारीहरु अनियमितता र भष्ट्राचारमा मुछिएको भन्दै पार्टीभित्रका भित्र समेत ओलीको व्यापक आलोचना हुँदै आएको छ।

दुइपटक स्थगित भएर पून: बोलाइएको बैठकको एक दिन बाँकी रहदा नेकपा भित्र छलफल र भेटघाट तीव्र बनेको हो।नेकपा उच्च श्रोतका अनुसार बुधवार बोलाईएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीका लागि निकै असहज अवस्था निम्तिन सक्छ।

श्रोतले भन्यो, ‘ओली कामरेडको एकलकाटे कार्यशैलीले ठूलो हिस्सा उहाँसँग असन्तुष्ट छ। बुधबारको बैठकमा ‘एक व्यक्ति, एक पद’को पुरानै एजेन्डा उठाउने तयारी गरेको छ।’

त्यसो त, नेकपाको १० गते बस्ने स्थायी समिति बैठकमा सरकारको कामको बारेमा समेत समीक्षा हुने बताईएको छ। कोरोना नियन्त्रणको क्रममा सरकारबाट भएको कमीकमजोरी, अमेरिकासँग भएको सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० का विषयमा छलफल हुने ती नेताले गुन्द्रुक खबरलाई बताए।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० मा भएका केहि बुँदामा संशोधन गरेर मात्र पास गर्न सकिने अडानमा रहेका शिर्ष नेताहरुले एमसिसी संशोधनका लागि ओलीलाई अन्तिम पटक आग्रह गर्ने बताईएको छ।

प्रचण्ड निकट एक नेता भन्छन्, ‘भोलिको स्थायी समिति बैठकमा एमसिसी फिर्ता लिन आग्रह गरिन्छ। त्यसमा ओली कामरेड समहत हुनु भएन पार्टीले एमसिसी पास नगर्ने निर्णय लिन्छ। त्यसपछि संसदीय दलको बैठक बोलाएर उहाँको बिषयमा समेत निर्णय लिन सक्छ।’

पछिल्ला दुई बैठक अन्तिम समयमा आएर स्थगित गरेपछि प्रधानमन्त्री ओलीमाथि बैठक छलेको आरोप लाग्दै आएको छ। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार र झलनाथ खनाल लगायतका नेता एकजुट हुँदा ओली सचिवालयदेखि सबै कमिटीमा समेत अल्पमतमा परेका छन्।

ओलीको कार्यशैलीका कारण यतिबेला ओलीलाई सहयोग गर्दै आएका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री राम बहादुर थापाले समेत ओली कित्ता छाडेर अध्यक्ष दाहाल खेमालाई साथ दिएका छन्।

उनले भने, ‘भोलि स्थायी कमिटी बैठक बुधबार बस्ने भनिएपनि अहिलेसम्म बैठकका एजेन्डा बारेमा नेतृत्त्वले केहि बताईएको छैन। तर, भोलिको बैठकमा सरकारको कामको समिक्षा र एमसिसीका बिषयमा निर्णायक छलफल हुन्छ।’

भोलिको बैठक हुनेमा तपाईं विश्वस्त हुनुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘दुई पटक मिति तोकिएर स्थायी समिति बैठक स्थगित गरिएको छ। कोरोनाको बहाना बनाएपनि दुई अध्यक्षहरुबीच एजेन्डा र राजनीतिक प्रतिवेदनको विषयवस्तुमा सहमति जुट्न सकेको थिएन। फेरीपनि बैठक स्थगित गर्ने खेल हुन सक्छ। त्यसो भयो भने प्रचण्ड कमरेडले बैठक राख्न सक्नुहुन्छ।’

पछिल्लो समयमा आफूसँग भेट्न आउने नेताहरुलाई नेता नेपालले आफू र प्रचण्ड एकै स्थानमा रहेको र प्रधानमन्त्रीका कार्यशैली, सरकार र पार्टी सञ्चालनको प्रक्रिया सच्याउनु पर्ने बताउने गरेका छन्। तर, बालुवाटर भने कार्यशैली सुधार गर्नुसाटो सके बहुमत पुर्‍याउने र नसके आलोचना कम गराउन सक्रिय बनेको छ।
ग्रुदुक खबरबाट

Related Articles

Back to top button
Close