News

आज कतारबाट १४५ जना नेपालीहरु स्वदेश फर्किए

काठमाडौं ०९ असार / विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- १९ ) कारण कतारमा अलपत्र परेका र समस्यामा परेका १ सय ४१ जना नेपाली बोकेर हिमायल एयरलाइन्स एच आई एक ५६३२ को उडानबाट स्वदेश फर्किएका छन् ।

आज नेपाल फर्किनेहरुमा ६१ महिला र ८४ जना पुरुष रहेको दूतावासले जानकारी दिएको छ । कतारबाट पहिलो चरणको दोस्रो उडान हो । यसअघि २० जनाको शव सहित यात्रुहरु लिएर पहिलो उडान गरिसकेको छ ।

त्यस्तै आजै अष्ट्रेलियाबाट पनि अलपत्र नेपाली नागरिक लिएर नेपाल एयरलाइन्सको चार्टर जहाज नेपाल आउँदैछ ।

दूतावासको जानकारी

दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासले आव्हान गरेबमेजिम नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको दोस्रो उडानबाट आज मिति २०७७।३।९ गते तदअनुसार २३ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको HIM ५६३२ को उडानबाट देहायका १४५ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः

क) १ जना गर्भवती सहित ६१ जना महिला

ख) ८४ जना पुरुष

उहाँहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न राजदूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button
Close