News

असार १० गतेपछि लकडाउन कडा हुने हल्ला, बास्तविकता यस्तो !

काठमाडौं । देशभर कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अझ सरकारले लकडाउनमा कडा गर्ने होकि भन्ने सोचाई आम नागरिकमा छ ।

तर, सरकारी अधिकारीहरु भने लकडाउनमा कडाई गर्ने सम्बन्धि कुनै पनि तयारी नभएको बताउँछन् ।* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *

कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने कुरा हल्ला मात्र भएको बताएका छन् ।

उनले जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए ।

उनका अनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने उनको भनाई छ ।

३ महिनाको लकडाउनले बिशेषगरि व्यापारीहरु मारमा परेका छन् । केटिएम दैनिकको सम्बादादाताका अनुशार पसलका लुगाहरु काम नदिने भएका छन् । घरबेटी भाडा माग्न आएका छन् भने व्यापारीहरु अध्यारो मुख लगाएर बसेका छन् ।

डिल्लीबजारमा पसल गरेर बस्ने हरिशंखर शाह घरभाडा तिर्न नसकेर तनाबमा रहेको बताउँछन् । ३ महिना पसल बन्द भयो, घरमा बच्चाहरुलाई खुबाउन नै धौं धौं पर्यो । पसल त खोलेको छौं तर किन्ने मान्छे नै आउँदैन्न । स्कूलले जुम क्लास मार्फत पढाइरहेको छ । कुन दिन बिल पठाउँछ थाहा छैन । ३ महिना देखि पसल बन्द गरेर खाने बाटो नै बन्द भएको छ ।

Related Articles

Back to top button
Close