क्वारेन्टिनबाट फर्किएका युवकको मृत्यु
मेलम्ची । बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।
क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।
भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।
वितेको २४ घन्टामा थप ५ सय ३५ संक्रमित भेटिए
नेपालमा सोमबार ५ सय ३५ जना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घन्टामा देशभरका २२ वटा परिक्षण केन्द्रमा गरिएको परिक्षमा ५ सय ३५ जनाको पोजेटिभ आएको हो ।
योसँगै नेपालमा संक्रमित भएका व्यक्तिहरुको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
विगत २४ घन्टामा देशभरका ३ सय ७० जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म निको हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।
अहिलेसम्म २३ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् भने बाग्मति प्रदेशको रसुवा वाहेक अन्य सम्पूर्ण जिल्लाहरुमा कोरोना संक्रमण फैलिइसकेको छ ।