News

कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन

काठमाडौं: औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन। यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । यसैगरी सरकारले समाजिक सुरक्षा कोषमा वैशाख र जेठ महिनमा रोजगारदाताले जम्मा गर्नुपर्ने योगदान रकम असार मसान्तसम्म जम्मा गर्न समय दिने सुविधा पनि दिएको छ ।

सरकारले गरेको निर्णय अनुसार लक डाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम ५० प्रतिशत रकम तत्कालै दिनु पर्ने र बाँकी ५० प्रतिशत तलब लक डाउन खुलेर स्थिति सहज भएपछि क्रमश भुक्तानी गर्ने व्यवस गर्नुपर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले पूर्ण रुपमा बन्द भएका पर्यटनसँग सम्बन्धित प्रतिष्ठानले दैनिक तथा मासिक ज्याला दारीमा काम गर्नेहरूलाई पनि वैशाख महिनाको तलबको ५० प्रतिशत तुरुन्त भुक्तानी गरेर बाँकी भुक्तानीका लागि बैङ्कबाट ऋण सुविधा लिन भनेको छ । सहुलियत कर्जा लिन इच्छुक प्रतिष्ठानहरुले २०७६ पौष महिनामा सम्बिन्धत आन्तरिक राजश्व कार्यालयमा पारिश्रमिक भुक्तानीको स्रोतमा कर कटि्ट गरेको अग्रिम करको विवरण पेश गर्नुपर्नेछ ।

Related Articles

Back to top button
Close