News

संसदीय समितिबाट दीपक मनाङ्गेले दिए राजीनामा

पोखरा, ८ असार । सांसद राजीव गुरुङ ( दीपक मनाङे) ले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।समितिको सदस्यमा बसेर उल्लेख्य काम काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै उनले राजीनामा दिएका छन् ।

न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका रहेको बताउँदै उनले भने, ‘कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाज मात्र लाग्यो ।’ उनले थपे, ‘जता हेर्‍यो उतै भ्र स्टा चार छ । न काम गर्ने अधिकार छ । न समितिले अनुगमन गरेर केही गर्न सक्छ ।’

Related Articles

Back to top button
Close