News

नेकपा सचिवालय बैठक सकियो, यस्ता छन् बैठकका निर्णय

सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ।

पार्टीको आन्तरिक विवाद चुलिएका बेला बालुवाटारमा बसेको बैठकले पार्टी एकता सुदृढ गर्ने विषयमा छलफल गरेको नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय भएकाे बताइएकाे छ ।

पार्टीमा ३ वटा अध्यक्ष राख्ने प्रस्ताव आजको बैठकमा अस्वीकृत भएको पनि उहाँले जानकारी गराउनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश ल्याएपछि चुलिएको विवाद आजको बैठकले अन्त्य गर्ने ठानिएको छ।

यसअघिको बैठकभन्दा आजको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एउटै रंगको कुर्सीमा बैठकमा देखिएका छन्।

Related Articles

Back to top button
Close