News

यी लक्षणहरु देखापरेमा तुरुन्त परीक्षण गरे जित्न सकिन्छ कोरोनालाई

काठमाडौँ। कोरोनाभाइरस संक्रमण भएपछि विभिन्न लक्षणहरु देखिने गर्दछन्। तर, सुरुवाती क्षणमा मानिसले विकसित गरेको लक्षणहरुको पहिचान गर्न सके र तुरुन्त परीक्षण गरे कोरोनाभाइरसलाई सजिलै जित्न सकिन्छ। कोरोनाभाइरस संक्रमण भएसँगै यदि मानिसले स्वाद र बास्नाको पहिचान गर्ने क्षमता गुमाउने लक्षण देखापर्छ ।

यस्तो लक्षण पहिचान गरि यस महामारीको शुरुवाती अवस्था राम्रो हेरचाह र क्वारेन्टाइनको प्रक्रिया अगाडि बढाउन सकिन्छ। जामाको पत्रिकामा प्रकाशित एक अध्ययनमा, अनुसन्धानकर्ताहरूले २०४ कोरोना संक्रमित बिरामीहरूको सर्वेक्षण गरेका थिए जसमा ५५ प्रतिशत बिरामीहरू स्वाद लिन असमर्थ थिए भने ४१ प्रतिशतमा गन्ध वा वास्ना थपाउन असमर्थ रहेको पत्ता लागेको छ।

सर्वेक्षणको निष्कर्षको आधारमा, अनुसन्धानकर्ताहरूले एक व्यक्तिको स्वाद ताथ सुन्ग्ने क्षमतामा निरन्तर गिरावट आउछ भने उक्त व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गर्न सकिने निष्कर्ष निकालेका छन्। शोधकर्ताका अनुसार यदि स्वाद र सुङ्ग्ने क्षमतामा गिरावट आएमा कोभिड – १९ रोगको पहिलो चरण भनेर पत्ता लगाउन सकिन्छ भने यसबाट छुट्कारा पनि पाउन सकिन्छ।

Related Articles

Back to top button
Close