News

नयाँ रेकर्ड राख्दै फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *

Related Articles

Back to top button
Close