vada
News

यस्तो गम्भीर प्रकरणमा फसे सुपरस्टार सलमान खान

काठमाडौं । चर्चित बलिउड अभिनेता सलमान खान गम्भीर प्रकरणमा मुछिएका छन् । बलिउड अभिनेता खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध गम्भीर प्रकरणमा मु’द्दा दा’यर भएको छ । बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मु’द्दा दा’यर गरेका हुन् ।

वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मु’द्दा दा’यर गरेका हुन् । अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ । ओझाले दा’यर गरेको मु’द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ ।

समाचार अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन नदिने देखि लिएर सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडेको आरोप लगाइएको छ । उनीहरुका कारण नै सुशान्तले नयाँ चलचित्र नपाएको बताइएको छ ।

हालै देहत्याग गरेका सुशान्तलाई सलमानसहित ८ जनाले मानसिक तनाव दिएको भनिएको छ । वकिलका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मु’द्दा दा’यर गरेका हुन् ।यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम पनि राखेका छन् । अभिनेता सुशान्तसिंहले गत आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए ।

Related Articles

Back to top button
Close