vada
News

नेपालमा आज बिहानै २० जना कोरोना संक्रमित थपिए

काठमाडौं, असार ८ । गण्डकी प्रदेशमा सोमबार बिहान थप २० जनामा कोरोना पुष्टि भएको छ। स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्वंका २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश रामघाट पोखराले जनाएको छ ।

स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये दुई जना स्याङ्जाका महिला रहेका छन भने अन्य सबै पुरुष हुन् ।यो सँगै उक्त प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच सय ४० पुगेको छ। संक्रमितहरु ६ बर्ष देखि ५० बर्ष उमेर समुहका रहेका छन् । जानकारी अनुसार संक्रमित मध्ये सबै हालै भारतबाट आएका हुन् ।

Related Articles

Back to top button