vada
News

३२ वर्ष अगाडि जुन घरमा अक्षयकुमारलाई गार्डले फोटो खिच्न दिएनन्, त्यही घर अहिले किने

एजेन्सी – बलिउडका चर्चित अभिनेता हुन् अक्षयकुमार । बलिउडकै महँगा अभिनेतामा गनिने अक्षयकुमारको सम्पत्ती अहिले निकै धेरै छ । उनी आफ्नो नयाँ फिल्मका कारण मात्र नभई कहीलेकाही सम्पत्तिका कारण पनि चर्चामा आउने गर्छन् ।

आजभन्दा ३२ वर्ष अगाडि अक्षयकुमारले मनपरेर एक घरअगाडि फोटो खिचेका थिए । उक्त घर अहिले उनले किनेका छन् । मुम्बईको जुहु बिचस्थित् एक ठूलो घर नजिकैको घरको अगाडी उनलाई फोटो खिच्न रहर लागेको थियो ।

उनले फोटो खिच्न खोजे त्यती नै बेला उनलाई त्यहाको सुरक्षागार्डले हप्कायो । उनले फोटो खिच्न नै पाएनन् । उनलाई त्यो घर त्यती बेला निकै मनपरेको थियो । उनले अहिले ३२ वर्ष अगाडि फोटो खिच्दा निकालिएको घरमा बसेर भिडियो बनाएर उक्त कुरा खुलाएका छन् ।

उनले भिडियोमा भनेका छन् आज म जुन घरमा बसिरहेको, जहाँ बसेर यो भिडिओ बनाइरहेको छु। त्यही घरमा बसेर तस्वीर खिच्न खोज्दा म र फोटोग्राफर निकालिएका थियौँ । उनले त्यो पुरानो घरमै नयाँ घर बनेपछि किनेका हुन् ।

Related Articles

Back to top button
Close