vada
News

यी कलाकार जस्ले लकडाउनको बेला बुबाको माया गुमाएर टुहुरो बने

अहिले विश्वनै कोरोनाको चपेटामा परेको छ । यसबाट नेपालमात्र हैन विश्वका १ सय ३० ओटा देशहरुमा लकडाउन गरिएको छ । केहिमा बिस्तारै खोल्न शुरु गरिएको छ भने केहि झन कडा रुपमा प्रस्तुत भइरहेका छन् । कोरोनाका कारण फिल्म उधोग पनि अछुतो रहन सकेन ।

लकडाउनको अवधिमा बलिउडले धेरै कलाकार गुमायो । आज भारतमा बुबाको मुख हेर्ने दिन मनाइरहँदा केहि कलाकार भनेर स्तव्ध बनेका छन् ।

रणबीर कपुर : रणवीर कपुरले लकडाउनकै अवधिमा आफ्नो बुबा गुमाए ।बलिउड अभिनेता ऋषी कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो ।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए ।

त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए ।

गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए ।

सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।

अप्रिल ३० मा उनको निधन भएको थियो ।

त्यस्तै इरफान खानका २ छोरा पनि सानै उमेरमा टुहुरो बनेका छन् । उनीहरुले पनि अप्रिल ३० मा आफ्नो बुबा गुमाएका हुन् ।

५४ वर्षीय खानको मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको थियो।

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको जुन १ मा निधन भएको थियो । उनको एक छोरा र एक छोरी छन् ।

उनको कोरोनाभाइरसका कारण ४२ वर्षको उमेरमा निधन भएको पुष्टि भएको थियो ।

लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका वाजिदलाई कोरोना संक्रमण पनि भएको थियो ।

उनको मुम्बईको एक अस्पतालमा उपचार चलिरहेको थियो ।

सुशान्तको निधन पछि उनको बुबा स्तव्ध बनेका छन् । उनले पनि एक्लो छोरा गुमाएका हुन् ।

Related Articles

Back to top button