News

कमल थापा पनि सिन्दुर र नागरिकता एकैसाथ दिन नहुने पक्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि विदेशी चेलीलाई सिन्दुर र नेपाली नागरिकताको प्रमाणपत्र एकैसाथ दिनुनहुने पक्षमा उभिनुभएको छ । विदेशबाट आएकी बुहारीले अंगिकृत नागरिकता प्राप्त गर्न कम्तिमा सात वर्ष पर्खनु पर्ने कुरामा थापाले एक्यवद्धता जनाउनु भएको छ ।

नागरिकता सम्बन्धि संसोधन विधेयकको बारेमा वहस चलिरहेको बेला थापाको सो प्रतिक्रिया आएको हो । अध्यक्ष थापाले एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा सात वर्ष पर्खनुपर्ने भएकोले नेपालमा पनि त्यही नियम लगाउनुपर्ने बताउनुभएको छ ।

विदेशबाट आउने बुहारीलाई सात वर्षको हदम्याद राख्दा विरोध गर्नुको अर्थ नभएको उहाँले बताउनुभयो । ‘जम्मा तीन करोड जनसंख्या हुने नेपालले सात वर्षको आधार राख्न खोज्दा बिरोध गर्नु आश्चर्यजनक छ, के रोटीबेटीको चिन्ता नेपाललाई मात्र हो’, थापाले भन्नुभयो ।

सत्तारूढ दल नेकपा सचिवालय बैठकले विदेशी बुहारीले नेपाली अंगिकृत नागरिकता प्राप्त गर्न कम्तिमा सात वर्ष पर्खनु पर्ने निर्णय गरिसकेको छ । नेपाली काँग्रेसले भने नेपालको कानुनमा भएको पुरानै व्यवस्थालाई यथावत राख्नु पर्ने बताउँदै आएको छ ।

पुरानो कानुनमा नेपालीसँग विवाह गरेर आउने बित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने व्यवस्था रहेको छ ।

Related Articles

Back to top button
Close