News

मिर्गौला रोगी १४ वर्षका बालकले जब कोरोना जिते, सुनाए यस्तो अचम्म लाग्दो कुरा

सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल हुनुभएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ मा पर्नुभएका उहाँ १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज हुनुभएको हो ।राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताउनुभयो । बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज हुनुभएको छ ।बालकैमा मिर्गौैला रोगी, त्यसमाथि कोरोना सुनेर अ’त्ता’लिएकी थिए”, बालककी आमाले भन्नुभयो, “उच्च मनोबलले ठूला रोग पनि परा’स्त हुने रहेछ ।” जटिल खाले लक्षणबिना कोरोनामुक्त बालकले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाउनुभयो । बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा बसेको १४ दिनपछि परीक्षण गर्दा पुष्टि भएको थियो ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close