News

वैवाहिक अंगीकृत नागरिकताबारे कांग्रेसको ताल देखेर आश्चर्य लाग्छः कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे प्रावधानमा सहमति जनाएका छन् ।उनले भारतले ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने गरेको भन्दै उनले विरोध गर्नेहरुलाई ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? भनि प्रश्न समेत गरेका छन्।

अध्यक्ष थापाले अंगीकृत नागरिकता का सम्बन्धमा कांग्रेसको ताल देखेर आश्चर्य लागेको बताएका छन् । ‘१अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ वर्ष पर्खनुपर्छ । ३ करोड जनसंख्या हुने नेपालले ७ वर्षको आधार राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक छ’, आइतबार सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? यस विषयमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

Related Articles

Back to top button
Close