News

सुशान्त सिंहको निधनले दुखी भएका यी ५ जनाले फाले आफ्नै ज्यान

एक साताअघि अभिनेता सुशान्त सिंह राजपूतको अचानक निधन भयो । उनको निधनको खबरपछि ५ जनाले आफ्नो ज्यान फालेका छन् । धारतिय मिडियाका अनुसार सुशान्तको निधनले दुखी भएर आफ्नो ज्यान फाल्नेको संख्या हालसम्म ५ पुगेको छ ।

उनको निधनले दुखी हुँदै आफ्नो प्राण त्याग्नेमा उत्तर प्रदेशका ११ वर्षीय बालक, २१ वर्षीय महिला, अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरी, उत्तर प्रदेशको बरेली र विहारको पटनाका एक जना रहेका छन् ।

अभिनेता सुशान्तले एक साताअघि मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फालेका थिए । उनले पासो लगाएर ज्यान फालेपनि परिवारले भने मृत्यु रहस्यमय भन्दै अनुसन्धानको माग गरेका छन् ।

मुम्बई प्रहरीले पनि यस घटनालाई लिएर उनीसँग जोडीएका सबैसँग बयान दिइरहेको छ । सुशान्तको मृत्युको विषयलाई लिएर विभिन्न आरोप लगाउदै सलमान खानसहित बलिउडका ८ जनाविरुद्ध उजुरी दर्ता पनि भएको छ ।

Related Articles

Back to top button
Close