News
अभिनेता सौगात मल्लको आज जन्मदिन, कति बर्षमा लागे ?
काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सौगात मल्लको आज जन्मदिन परेको छ । नेपाली विकिपिडिया अनुसार आजबाट उनी ४३ बर्षमा लागेका छन् ।
नेपाली चलचित्र कागबेनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका सौगात मल्ल हाकु काले नामले पनि चिनिने गर्छन् । उनी चलचित्र लुट बाट चर्चामा आएका थिए ।
हालसम्म धेरै नै चलचित्रमा अभिनय गरिसकेका उनी नेपाली चलचित्र क्षेत्रकै सफल अभिनेता हुन् । आज उनले आफ्नो जन्मदिन घरमै परिवारसँग मनोदैछन् ।