News

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं सुनको मूल्यले आइतबार नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा सात सयले मूल्य बढेको छ ।

छापावाला सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेर कारोबार भइरहेको हो ।

आज तेजावी सुन प्रतितोला ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close