vada
News

सलमान खानको अपील– सुशान्तको परिवार तथा समर्थकहरुलाई साथ दिउँ

काठमाडौँ। सुशान्त सिंह राजपूतको मृत्युपछि, बलिउडका ठूला निर्माता, निर्देशक र कलाकारहरु माथि ठुलो प्रश्न खडा भएको छ। त्यसैगरी सलमान खान, करण जोहर, एकता कपूरलगायत ८ जनाविरुद्ध अदालतमा उजुरी समेत दर्ता गरिएको छ । नातावाद र कृपावादको मुद्दालाई उठाएर उनीहरु विरुद्धमुद्दा दायर गरिएको थियो। यसैबीच, सलमान खान, करण जोहर, एकता कपूरलगायत ८ जना व्यक्तिहरुको सोशल मिडिया अनुयायीहरू पनि कम भएका छन्।

यहाँ सम्म कि सुशान्तका र सलमानका प्रशंसकहरु बीच सामाजिक संजालमा कडा बहस चर्किएको छ । त्यसैक्रममा, सुशान्तको मृत्युपश्चात सलमान खानले आफ्नो सामाजिक संजाल ट्वीटरमा यसबारे टिप्पणी गरेका छन्। उनले ट्वीटरमा भनेका छन्, म आफ्ना सबै फ्यानहरूलाई सुशान्तको फ्यानहरूको साथ खडा हुन र अपमानजनक भाषा प्रयोग नगर्न अनुरोध गर्दछु। हामी सबैले सुशान्तको परिवार र प्रशंसकहरुको भावनाहरू बुझ्ने प्रयास गर्नुपर्दछ र सुशान्तको परिवारलाई यस संकटको घडीमा साथ दिनु पर्नेछ ।

Related Articles

Back to top button
Close