vada
News

साउदीमा अलपत्र नेपाली लिन उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं / कोरोना भाइरस (कोभिड-१९) का विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले जेठ ३२ गतेबाट चार्टर उडानमा स्वदेश ल्याइरहेको छ । हालसम्म नेपालमा आएकाहरुले जहाज भाडा आफैले तिरेर आएका हुन् भने केही देशहरुबाट सम्बन्धित देशको सरकारले चार्टर जहाज मार्फत नेपाल पठाइदिएका हुन् ।

त्यस्तै शनिबार साझ नेपाल एयरलाइन्सको जहाज रोजगारीको प्रमुख गन्तव्य खाडीमुलुक साउदी अरबमा अलपत्र परेका नेपालीलाई लिन उडेको छ । स्रोतको अनुसार उक्त जहाजले आइतबार बिहान नेपाली लिएर नेपाल आइपुग्नेछ ।

नेपाल एयरलाइन्सको जहाजले साउदी अरेबिया उडान भरेको यो पहिलोपटक हो । यसअघि साउदीबाट हिमालय एयरलाइन्सले नेपालीहरुलाई स्वदेश लिएर आएको हो ।

सरकारले पहिलो चरणको उद्धार उडानबाट असार ११ गतेसम्म विभिन्न मुलुकबाट नेपाली ल्याउने तयारी गरेको छ भने त्यसपछि दोस्रो चरणमा आवस्यकता हेर्ने तयारी गर्ने जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close