vada
News

पछिल्लो २४ घण्टामा देशभर संक्रमितको संख्या घट्यो, निको भएर १५ सय बढी घर फर्किए

काठमाडौं । शनिबार देशभरि नै संक्रमितको संख्या अघिल्ला दिनहरुको तुलनामा घटेको छ । यस अघि बिहीबार हालसम्मकै सबैभन्दा बढी ६ सय ७१ संक्रमित फेला पर्दा बुधबार पनि ५ सय ८६ जनामा संक्रमण पाइएको थियो ।यी दुई दिनमा बढेको संख्या हेर्दा नेपालमा कोरोना संक्रमितको संख्याले ठूलो आकार छुने अनुमान गर्न थालिएको थियो । तर शुक्रबार ४ सय २६ संक्रमित फेला पर्दा शनिबार ३ सय ३१ संक्रमित मात्र फेला परेका छन् । शनिबार कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाहरुमा पनि संख्या निकै घटेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा २४ वटा प्रयोगशाला मार्फत गरिएको ७ हजार ४ सय १८ पीसीआर परीक्षणबाट ३ सय ३१ संक्रमित मात्र भेटिनुलाई सकारात्मक रुपमा लिइएको छ । हुनत एकै दिनको तथ्यांकलाई आधार मानेर खुसी हुनु पर्ने अवस्था नरहे पनि शनिबारको संकेत सकारात्मकरुपमा लिनु पर्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।अझ पनि ठूलो संख्यामा पीसीआर परीक्षणको पहुँच पुग्न बाँकी नै छ । भारतबाट आउनेको संख्या घट्दै जानु र आकाशमार्गबाट आएकाहरुमा पनि अपेक्षाकृत कममा संक्रमण देखिनुलाई अर्को सकारात्मक पक्ष देखिएको छ ।

यता निको हुनेको संख्या पनि उल्लेख्य बढ्दा पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ७६ जना डिस्चार्ज भएका छन् । हालससम्म निको भएर डिस्चार्ज हुनेको संख्या पनि १ हजार ५ सय ८७ पुगेको छ । जस्मो पुरुष १ हजार ४ सय ७३ र महिला १ सय ४१ रहेका छन् ।

Related Articles

Back to top button
Close