vada
News

कुवेतबाट आएका सात महिलामा कोरोना संक्रमण

काठमाडौं, ६ असार । कुवेतबाट उद्धार गरी फर्काइएका थप सात महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो ।

उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ । यस्तै काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा आज ८ जना कोरोना संक्रमित भेटिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार काठमाडौंका १ जना र भक्तपुरमा ७ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

वितेको २४ घन्टामा ७ हजार ४ सय २६ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ । जसमा ३ सय ३१ जनाको पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित भएको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

देशभर उपचार गराइरहेका संक्रमितमध्ये शनिबार १ सय ७६ जना निको भएर घर फर्केका छन् । योसँगै नेपालमा निको हुने संक्रमितको संख्या १ हजार ५ सय ७८ पुगेको छ । जसमध्ये पुरुषको संख्या १ हजार ४ सय ३७ पुगेको छ भने महिलाको संख्या १ सय ४१ पुगेको छ ।

अहिलेसम्म २२ जना कोरोनाको कारणले गर्दा ज्यान गुमाइसकेका छन् ।

देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

Related Articles

Back to top button