vada
News

संघर्ष गर्दा गर्दै अस्ताएका सुशान्तको घरमा भेटिए यस्ता प्रमाण

सुशान्त सिंह राजपुत भारतका लोकप्रिय कलाकार हुन् ।

टेलिभिजनबाट अभिनयमा प्रवेश गरेका उनले बलिउडमा धेरै नै संघर्ष गरेको बताएका थिए ।

आइतबार मात्रै सम्पुर्ण फिल्म जगतलाई नै आश्चर्यमा पार्दै उनले आत्माह-त्या गरे ।

उनले आत्माह-त्या गरेपछि बलिउडमा नेपोटिजमको बारेमा कुरा उठिरहेको छ ।

कंगना रनावतले उनलाई समर्थन गर्दै उनलाई मानसिक रुपमा कमजोर नभन्न आग्रह गरेकी छिन् ।

त्यस्तै २५ वर्षकै उमेरमा प्राण त्याग गरेकी जिया खानकी आमाले पनि बलिउडले संघर्षको महत्व नबुझेको बताएकी छिन् ।

र यो पनि : आफ्नै मेहिनतमा २६ वर्षमै करोडपति बनेकी आलियाको अपार्टमेन्ट कस्तो छ ?

गाडी र बाइकका सोखिन सुशान्त अन्तरिक्षको बारेमा धेरै नै चासो राख्थे ।

द कपिल शर्मा शोमा उनले घरमा टेलिस्कोप भएको स्वीकार गरेका थिए ।

प्रहरीले उनको घरबाट ५ ओटा डायरी भेटेको बताएको छ । जस्को बारेमा अनुसन्धान भइरहेकाे बुझिएको छ ।

हामीबाट टाढा भएका सुशान्तको घर कस्तो छ हेरौं तस्विरहरु…

Related Articles

Back to top button
Close