News
थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८६०५ पुग्यो
काठमाडौं । नेपालमा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४९ महिला र २ सय ८२ पुरुष गरी गत २४ घण्टामा तीन सय ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणमा हालसम्म संक्रमितकाे संख्या ८ हजार ६ सय पाँच पुगेकाे छ ।
त्यस्तै, विगत २४ घण्टामा १८ महिला र १ सय ५८ पुरूषसहित १ सस ७६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निकाे हुनेकाे संख्या १ हजार पाँच सय ७८ पुगेकाे छ ।