vada
News

सुशान्त सिंहले घरका स्टाफलाई स्यालरी दिँदै भनेका थिए-‘राख्नुस् अब दिनपाउने छैन’

मुम्बई । बलिउड अभिनेता सुशान्त राजपूतले आफू मर्नु भन्दा ३ दिन अघि घरका सबै कामदारलाई बोलाएर तलब दिएका रहेछन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले प्रहरीको स्रोतलाई उदृत गर्दै सुशान्तले मृ त्युको ३ दिन अघि सबैलाई स्यालरी दिएको जनाएको छ । स्यालरी दिँदै सुशान्तले भनेका थिए ‘राख्नुस् अब सायद स्यालरी दिन पाउनेछैन्।’ त्यस्तै सुशान्तले आफु बस्ने घरको भाडा पनि तिरेको खुलेको छ उनले आफुले दिनु पर्ने ठाउँमा सबैलाई भेटेर हिसाबकिताब मिलाएर यस्तो गरेको खुलेको छ

सुशान्तले आफ्नै बन्द्रा स्थित आफ्नै घरमा देहत्याग गरेका थिए । करण जोहर, संजय लीला भन्साली, दिनेश विजान, एकता कपूरलगायत धेरै कलाकारका कारण कामबाट लखेटिएकाले पनि विचलित भएका सुशांतले यस्तो कदम चालेको भन्ने चर्चा समेत हुने गरेको छ।

उनलाइ यहि मृत अवस्थामा भेटिएको थियो
उनलाइ यहि मृत अवस्थामा भेटिएको थियो

ती कलाकार विरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। सुशांतको देहत्यागले बलिउडको सत्यतालाई अगाडि ल्याएको छ। भने धेरै ठूला निर्देशक र अभिनेताहरूको पोल खुल्दै गएको छ।

उनकोनिधन कारण भन्दै अभिनेता सलमान खान लगायतका कलाकार विरुद्ध प्रहरीमा उजुरी समेत परेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। सुशान्तको निधन हुँदा कुनै ‘सु साइड नोट’ समेत फेला नपरेकाले घटना रहस्यमय बनेको हो।

१६ बर्षको उमेरमै आमा गुमाएका सुशान्त परिवार देखि टाढा थिए। उनको परिवार पटनामा थियो भने उनी आफैले मुम्बईमा किनेको घरमा एक्लै बस्दै आएका थिए। सयौं करोड सम्पतिका मालिक सुशान्तले घरमा काम गर्न स्टाफहरु राखेका थिए। उनको निधनको खबरपनि स्टाफलेनै प्रहरीलाई जानकारी दिएपछि बाहिरिएको थियो।

Related Articles

Back to top button
Close