News

आज मलेसियाबाट ल्याइदैछ ११ नेपालीको श’व

काठमाण्डौ – आज मलेसिया र कुवेतबाट १३ नेपालीको श’व नेपाल ल्याइने भएको छ । मलेसियाबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ११ जना नेपालीको श’व आज साँझ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरका रामसिंह थिङ, सर्लाहीका रामनारायण महतो, गुल्मीका कृष्णप्रसाद ज्ञवाली, सर्लाहीका मोहम्मद जुनियाद मिया मन्सुर, मोरङका राम लखन मण्डलको श’व आज मलेसियाबाट ल्याइनेछ ।

यस्तै चितवन भरतपुरका लाक्पा ब्लोलन, रोल्पाका टोपबहादुर पुन, सप्तरीका, इन्द्रकुमार यादव, नुवाकोटका सुजन रानामगर, पर्साका दर्शन पण्डित कुमाल र रामेछापका बुद्धि योञ्जनको श’व मलेसियाबाट नेपाली लिएर आउने नेपाल एअरलाइन्सको चार्टर्ड जहाजले ल्याउनेछ । यस्तै केहीबेरअघि कुवेतबाट नेपाली लिएर आएको जजिरा एअरले पनि दुई जना नेपालीको श’व ल्याएको छ । लम्जुङका आइतबहादुर गुरुङ र सर्लाहीका अमितकुमारको श’व आज कुवेतबाट आएको हो । बोर्डले विभिन्न देशमा रहेका नेपाली नियोगसँग समन्वय गरेर श’व ल्याउने कामलाई तीव्रता दिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

त्रिभुवन विमानस्थलबाट बोर्डले नै श’वलाई निःशुल्क घरसम्म पुर्‍याइदिन्छ । आज आउने श’व घरसम्म पुर्‍याउनका लागि बोर्ड तयारी अवस्थामा रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि श’व पनि विदेशमै रोकिएको थियो ।

अहिले चार्टर्ड जहाजमार्फत गन्तव्य देशमा समस्यामा परेका नेपाली फर्काउन थालेपछि श’व पनि ल्याउन थालिएको हो । यसअघि हिजो मात्रै कतारबाट २० जना, कुवेतबाट २ जना, यूएई र साउदीबाट एक, एक गरी २४ जना नेपालीका श’व स्वदेश ल्याइएको छ ।

Related Articles

Back to top button
Close