News

नम्रताको खुशी हुने तरिका [७ तस्बिर]

लामो समयसम्म घरमै बस्नुपर्दा मानिसहरुमा आ–आफ्नै समस्याले मानिसहरुलाई पिरोल्न थालेको छ । यस्तो समयमा खुशी हुनका लागि के गर्ने त ? नेपाली चलचित्रका कलाकारहरुले सामाजिक संजालमा खुशी हुने उपायहरु शेयर गरिरहेका छन् ।नायिका नम्रता सापकोटा पनि फिट रहन योगा, ध्यान गर्ने गर्छिन् । अरु बेलामा जीम जान रुचाउने उनि फिट रहनका लागि डान्समा पनि ध्यान दिन्छिन् ।

उनै, नम्रता खुशी रहनका लागि सबैभन्दा पहिले आफूले आफूलाई प्रेम गर्नुपर्ने बताउँछिन् । नम्रता भन्छिन्–‘आफ्नै प्रेममा डुब्नु नै खुशी हुने उपाय हो ।’ नम्रताको अनुसार, खुशी रहनका लागि मानिसले आफूले आफूलाई नै प्रेम गर्नुपर्दछ ।लक डाउनका कारण मोटाएकी नम्रता सामाजिक संजालमा निकै सक्रिय छिन् ।

Related Articles

Back to top button
Close