vada
News

आफुहरुको मुर्ती देखेर मह जोडि खुशी, कस्को कला हो यो ?

काठमाडौं/ यतिबेला सामाजिक संजाल फेसबुकमा मह जोडिको मुर्ती चर्चामा छ । शनिबार बिहानै हास्यकलाकार हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा महजाेडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) काे मुर्तीको तस्बिर शेयर गरेका छन् । उनले आफुहरुको मुर्ति तयार गर्ने मुर्तिकार राजकुमार महर्जनलाई धन्यबाद व्यक्त गरेका छन् ।

उनले मुर्तीको तस्बिर शेयर गर्दै भनेका छन् – ‘मुर्तिकार राजकुमार महर्जन ज्यु ले हामी प्रति ब्यक्त गर्नू भऐको मायॅा कोलागी कृतज्ञ ब्यक्त गर्द छु ।’ यस्तै महको अर्का मदन कृष्ण श्रेष्ठले पनि सो फोटोलाई आफ्नो भेरिफाईड फेसबुक पेजमा राख्दै “ओहो कति राम्रो मूर्ति बनाएको हो । हाम्रो सक्कली अनुहारमै माटो पेण्ट गरेर श्रृंगारेको जस्तो लाग्ने। उत्कृष्ट मूर्तिकार श्री राजकुमार महर्जन भाईको यति सफा हातहरुलाई म प्रशंसा गर्दै चुम्न चाहन्छु . Thank you very much with Lots of Love.” लेखेका छन् ।

Related Articles

Back to top button