News

रुकुम घटना : नवराजका घाइते साथीहरु रुँदै चिच्याउँदै यसो भन्छन्

भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चो ट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चो ट छ तर त्यो चो ट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पी डा र त्रा सले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उनी झस्किरहेका छन् ।

भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्यान जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा सुदीप घाइते भएका थिए ।

उनीसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाउन सफल भए तर मरणासन्न हुनेगरी पि टिए । सुदीपलाई प्रहरीले उद्धार गरी मिसन अस्पताल लगेको थियो । त्यहाँ उनलाई सकसपूर्ण दुई रात बिताउनुप¥यो ।

घाउ पूरा निको नभए पनि उनी त्रा सकै कारण घर फर्किनुप¥यो । प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो ? कसरी घटना भयो ? सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ । बेलाबेला उहाँलाई त्यही नवराज लगायतका साथीहरूले बचाउ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ ।

‘सुतेका बेलासमेत मलाई न मा र्नुस् भन्छ,’ मदनकी आमा लक्ष्मी शाहीले बताइन् । सुविधा सम्पन्न अस्पतालमा लगेर शारीरिक र मा नसिक समस्याको उपचार गर्ने सोच भए पनि आर्थिक अभावले कतै लैजान नसकेको उनले बताइन् ।

घरी पुलिसले बोलाउँछ, घरी युट्युबर लगायत आउँछन्, बोलाउँछन् । ‘थरिथरिका मान्छेलाई कति बयान दिनु ?’ लक्ष्मीले भनिन, ‘अहिले पनि छोरो डराइरहेको छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Related Articles

Back to top button
Close