Entertainment

अभिनेता शिब श्रेष्ठको आज जन्मदिन

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता शिब श्रेष्ठको जन्मदिन परेको छ । आजबाट उनी ६६ बर्षमा लागेका छन् । नेपाली चलचित्र क्षेत्रमा एक्शन किंग अभिनेताको नामले चिनिएका श्रेष्ठले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछन् । आज जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालभर शुभकामनाको ओइरो लागेको छ ।

चलचित्र जीवनरेखा बाट चलचित्र क्षेत्रमा प्रबेश गरेका उनले हालसम्म धेरै चलचित्रमा अभिनय गरिसकेका छन् । पाको उमेर भैसक्दा पनि जवान देखिने अभिनेता शिब श्रेष्ठले अझै पनि चलचित्रमा अभिनय गर्दैछन् । उनको अन्तिम चलचित्र प्रेमगीत ३ रिलिज हुने तयमरीमा रहेको छ ।

Related Articles

Back to top button
Close