vada
News

नवराज बिक घटना प्रकरण: १४ वर्षको उमेरमा रङ्गिएको सिउँदो १८ वर्षको उमेर मै पुछियो…

काठमाडौं । गत जेठ १० गते भएको घटनाले जाजरकोटका ६ होनहार युवाले ज्यान गुमाए ।

नवराज विकको प्रेमिकालाई वेहुली बनाएर भगाउन भन्दै गएका १९ युवा मध्य ६ जनाको निधन भयो ।

रुकुम चौरजहारी स्थित युवतीको घर गएका उनीहरुलाई स्थानियको आ क्रमणमा पनि ज्यान गयो ।

उनीहरुको शव भेरी नदिमा फेला पर्यो । अहिले घटनाको अनुसन्धान जारी छ । तर त्यो घटनाले शेभे विक र गीता बिकको भने जिवन नै उजाडीएको छ ।

एउटा मात्र छोराको निधनले उनीहरुको परिवार भताभुंग भएको छ ।

कलिलो उमेरमा विवाह गरेर ल्याएकी बुहारी पनि १७ वर्षको उमेरमै विधुवा वनेकी छन् भने २ वर्षकी नातिनीले बुवाको अनुभव पनि गर्न पाइनन् ।

जाजरकोटको भेरी नगरपालिका, मोटेला टोलकी सुनिता सुनारको आँखा जेठ १० गते देखि ओभाएका छैनन् । काखमा २ वर्षको छोरी लिएर त्यसै टोलाउँछिन् ।

उनको विवाह ४ वर्ष अघि वारी रुकुम पश्चिमको चौरजाहरी नगरपालिका–१, लामिछाने गाउँका टीकाराम विकसंग भएको थियो ।

कलिलै उमेरमा विवाह गरेका यि जोडीले विवाह गरेको २ वर्षमै छोरीलाई जन्म दिएका थिए । विवाह गर्दा सुनिताको उमेर १४ वर्षको मात्र थियो ।

सुनिता पनि बाबुआमाकी एकमात्र छोरी हुन्, यता टिकाराम पनि शेरेर गीताका एकमात्र छोरा थिए ।

१४ वर्षको उमेरकै टिकारामलाई माया गरेर सिउँदो रंग्याएकी सुनिताको १८ वर्षकै उमेरमा रंगिन सिउँदो पुछिएको छ ।

बुहारी भित्र्याउँदा शेभेर गीता निकै खुसी भएका थिए । दुई वर्ष पछि नातिनी पनि धर्तीमा आएपछि त्यो खुसी दुईगुना भएको थियो ।

तर जेठ १० गतेको घटनाले अहिले उनीहरुको सबै खुसी भताभुंग पारिदियो ।

टीकारामको शव जेठ ११ गते भेरी नदीमा फेला परेको थियो ।

Related Articles

Back to top button
Close