International

कोरोना भाइरसको प्रभावले विश्वलाई अझै २ बर्ष पछ्याउछ : अमेरिकी रिपोर्ट

काठमाडौं, २० बैशाख । कोरोना भाइरस कोभिड १९ ले अहिले समग्र विश्वलाई आफ्नो प्रभावमा लपेटेको छ ।भरपर्दो औषधि पत्ता लगाउन नसक्दा यसको भयावह अझ अगाडि कुन रुपमा हुने हो भन्ने त्रासले आम विश्ववासीलाई सताएको छ ।

यही अन्यौल र त्रासबीच गत बिहीबार अमेरिकाको सेन्टर फर इन्फेक्सिज डिजिज रिसर्च एण्ड पोलिसी सीआईडीआरएपीले निकालेको एक रिपोर्टतर्फ सबैको ध्यान तानिएको छ ।रिपोर्ट अनुसार कोरोना भाइरसको प्रभावले अझै दुई वर्ष विश्वका मानिसहरुलाई पछ्याउने अवस्था छर्लङ्ग पारिएको छ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार सीआईडीआरएपीले यो रिपोर्ट तीन सम्भावनामाथि आधारित रहेर निकालेको हो ।विश्वमा नै महामारी कायम गरेको कोरोना भाइरस नियन्त्रणका लागि सार्वजनिक गरेको रिपोर्ट अनुसार मानिसहरुको व्यवहार, यसमाथि नियन्त्रण पाउनका लागि गरिएको प्रयास र बिभिन्न देशको अवस्थामाथि अध्ययन गरिएको छ ।

कोरोना भाइरसले अहिले कायम गरेको प्रभावमा आउने उत्तारचढावले यस्को नियन्त्रणका लागि सन् २०२१ सम्म कुर्नु पर्ने रिपोर्टको पहिलो आधारमा उल्लेख गरिएको छ ।यस्तै दोस्रो र तेस्रो आधारमा बिभिन्न देशहरुको भौगोलिक परिस्थितिले पनि यस्को नियन्त्रणमा भूमिका खेल्ने छ भने भाइरस नियन्त्रणका लागि चालिएको कदममा पनि यो निर्भर रहने छ ।

तर बिभिन्न प्रयासका बाबजुद पनि यस्को हालत दिनानुदिन विग्रदै गयो भने यस्को संक्रमण सन् २०२१ सम्म पूर्णरुपमा रहने छ । यस्तो अवस्था सन् १९१८ र १९१९ मा देखिएको स्पेनिश फ्लूको महामारीमा देखिएको पनि सीआईडीआरएपीको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार औषधिको उपाय नभेटिएको अवस्थामा सबभन्दा राम्रो सम्भावनाकोरुपमा संक्रमणले लिने ‘स्लो बर्न’ माथि विश्वास गरिएको छ । विस्तारै यस्ले केही समयपछि सानातिना उछालहरुबीच आफ्नो प्रभाव कम गर्दै लाने आशा गरिएको छ ।

Related Articles

Back to top button
Close