भोलीदेखि १५ जना भन्दा बढी व्यक्ति भेला हुन नपाइने,
काठमाण्डौ । सरकारले राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । गृह मन्त्रालयले अत्यावश्यक सेवाबाहेक सो समयमा व्यक्तिहरुलाई हिंडडुल गर्न पूर्ण निषेध गरेको हो । मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्डु जारी गर्दै यस्तो ब्यबस्था गरेको हो। त्यस्तै मन्त्रालयले स्वास्थ्य समबन्धि उच्च सतर्कता अपनाएर वा स्वयं जागरुक भएर मात्र आफ्नो नियमित काम गर्न आग्रह गरेको छ । मन्त्रलायले आवतजावत गर्दा वा कार्यस्थलमा रहँदा न्युनतम २ मिटर दुरी कायम गर्नु पर्ने ब्यबस्था पनि गरेको छ ।
त्यस्तै विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पुजापाठ जस्ता सामुहिक रुपमा भेला हुनु पर्ने कार्यमा १५ जना भन्दा बढी भेला हुन नपाउने नियम मन्त्रालयले लाग गरेको छ । त्यस्तै उद्योग, कलकारखाना, विकास निर्माणको कार्य गर्दा एक स्थानमा १० जना भन्दा बढी व्यक्ति जम्मा हुन् नपाइने पनि मन्त्रालयले जनाएको छ । यी ब्यबस्थाको पालना गरे नगरेकोबारे प्रहरीले अनुगमन समेत गर्ने भएको छ ।