vada
News

खतरा बढेपछि लकडाउनमा फेरी नियम परिबर्तन गर्दै सरकारले लगायो नयाँ नियम !

काठमाडौं। लकडाउनका कारण सरकारले एउटा ठाउँवाट अर्को ठाउँमा जान दिएको छैन । कोरोना फैलन सक्ने खतरालाई मध्य नजर राखेर सरकराले लकडाउनको घोषणा गरेको हो । लकडाउन सुरु भएको ३ महिना पुगिसकेको छ । जसका कारण अहिले सर्वसाधारण आजित भइसके । आफ्ना अत्यावश्यक कामका लागि एक ठाउँवाट अर्को ठाउँमा जान सर्वसाधारणले रातिको समय प्रयोग गर्न थालेका छन् । दिउसोमा प्रहरीले हिड्न नदिने भएकाले रातारात काठमाडौं भित्रनेहरुको संख्या बढेको छ ।

रातारात काठमाडौं भित्रनेहरुको संख्या बढेपछि सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । काठमाडौंमा लकडाउन केही खुकुलो भएसंगै दैनिक कृयाकलाप गर्न पाइने भएकाले घर गएकाहरु पनि काठमाडौं फर्कन थालेका छन् । हिँडेरै रातारात काठमाडौं भित्रनेको संख्या बढेपछि सरकारले त्यसमा पनि कडाई गर्ने भएको हो । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएका कारण सर्वसाधारणको चहल पहल बढ्ने र त्यसले जोखिम बढाउने भएकाले सरकारले कडाई गरेको हो । सोही मापदण्डले रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने व्यवस्था गरेको हो । रातिमा हुने हिँडडुलको अनुगमन भने प्रहरीले गर्नेछ ।

लकडाउनको समयमा संस्कारजन्य कृयाकलाप गर्न पनि १५ जना भन्दा बढी सहभागी हुन नपाईने र त्यसरी सहभागी भएकाले पनि सामाजिक दुरी कायम राख्नुपर्ने नियम बनाइएको छ । विवाह, व्रतबन्ध, लगायतका संस्कारम १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको हो ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला पाइने छैन । लकडाउन खुकुलो बनाएसंगै सरकारले उत्पादनमुलक काम गर्न रोक लगाएको छैन । पसल ब्यवसाय र उत्पादनमुलक उद्योग खोल्न पाइने छ । तर त्यसका लागि पनि मापदण्ड बनाइएको हो ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम राख्न गृहमन्त्रालयले आग्रह गरेको छ । काममा जाँदा पनि माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।
ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन गृहले आग्रह गरेको छ ।

Related Articles

Back to top button