vada
News

कोरोना जितेकी प्रसिद्धी भन्छिन् ‘कोरोनाबारे प्रधानमन्त्रीको झुट अत्ति भयो’

काठमाण्डौ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रियसभाको बैठकमा कोरोनावाट बच्ने उपायका बारेमा लामो भनाई राखे । उनले नेपालका जडिबुटीमा औषधिय गुण भएको र जसका कारण नेपालीलाई कोरोनाले धेरै क्षती नगर्ने धारणा राखे । उनले बेसारको गुणका बारेमा पनि लामै अभिब्यक्ति दिए । उनको अभिब्यक्ति पछि सामाजिक सञ्जालमा निकै आलोचना र समर्थनका टिप्पणी भए ।

आयुर्वेदमा विश्वास राख्नेहरुले प्रधानमन्त्रीको सो भनाईको समर्थन गरे भने सर्वसाधारणले भ्रम छरेको भनेर टिप्पणी गरे । कोरोनाको विषयमा प्रधानमन्त्री ओली सम्बेदनशिल नभएको आरोप लगाए । प्रधानमन्त्री ओलीले कोरोनालाई रुघाखोकीसँग तुलना गरेका थिए ।

‘कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन’ प्रधानमन्त्रीले संसदमा भनेका थिए । प्रधानमन्त्रीले बेसारको बारेमा पनि लामै समय खर्चेका थिए ।

प्रधानमन्त्रीको भनाइप्रति नेपालमा कोरोना पुष्टि भएकी प्रसिद्धी श्रेष्ठले पनि आपत्ति जनाएकी छन् । उनी अहिले कोरोना जितेर घर फर्किएकी छन् । कोरोना लागेपछि के अनुभव हुन्छ भन्ने कुरा उनलाई थाहा छ । प्रधानमन्त्रीको विहिवारको भनाईलाई प्रसिद्धिले आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जे पायो त्यही भनेर कोरोनाका बिरामीको उपेक्षा गरेको पनि आरोप लगाएकी छन् ।

प्रसिद्धीले ट्विटरमार्फत भनेकी छन् , ‘मैले कोरोना भोगिसकेको छु, यो कुनै सामान्य फ्लू होइन, श्वास फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ, कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति भयो ।’

Related Articles

Back to top button
Close