सुशान्त सिंहको अन्तिम श्रद्धान्जली कार्यक्रममा यस्तो सम्म भयो भिडियो सहित पुरा हेर्नुहोस
एजेन्सी-के सुशान्त बलिउडमा परिवारवादको शिकार बनेका थिए ? अर्थात् उनले देहत्याग गर्नुको पछाडि यही परिवारवादको संरचना धेरथोर जिम्मेवार थियो ? त्यसो त, बलिउडमा परिवारवाद अघोषित रुपमा स्थापित नै छ । यो विस्तारै पारिवारिक पेशा जस्तो पनि बन्न थालेको छ ।
योग्यता र क्षमता नभए पनि स्टार कलाकारका भाइ-भतिजा, छोरी-चेली भएकै कारण बलिउडमा प्रवेश गर्ने र स्थापित हुने मौका धेरैलाई मिल्यो । यसको ठीक उल्टो पाटो ड’रलाग्दो छ । कतिपय कलाकार अब्बल क्षमता र कौशल भए पनि परिवारवादको घेराभित्र पर्न नसक्दा छायामै परे ।
बलिउडकै स्थापित कलाकारहरुले सुशान्त सिंह राजपुतलाई त्यस्तैमध्येका एक अभिनेता ठानेका छन् । करण जोहर, आलिया भाट लगायत कलाकारले जब सुशान्तको निधनमा श्रद्धाञ्जली दिए, त्यसपछि परिवारवादको बहस सतहमा उठेको हो ।
धेरैले सामाजिक सञ्जालमा करण र आलियालाई दोहोरो चरित्रको मान्छे भन्दै कठोर आलोचना गर्न थालेका छन् । यस्तो किन पनि भनियो भने, सुशान्तलाई करण जोहरको शो ‘कफी विथ करण’ मा आलियाले खिल्ली उडाएकी थिइन् ।
यतिसम्म कि, बाबु र आमाको प्रभावबाट बलिउडमा छिरेकी आलियाले सुशान्तलाई चिन्दिन समेत भनेकी थिइन् । जब कि, सुशान्त कठिन मेहनतबाट बलिउडमा स्थापित भएका थिए । उनै आलियाले सुशान्तको निधनबाट आफू स्तब्ध बनेको भन्दै गहिरो दुख व्यक्त गरेकी छन् । उनले यो दुख व्यक्त गर्ने शब्द नै नभएको भन्दै उनको परिवारमा समवेदना प्रकट गरिन् ।
बलिउडकर्मी गौरव मिश्राले आलियाको यस्तो ट्वीटलाई ‘फेक सिम्प्याथी’ भन्दै टिप्पणी गरेका छन् । उनले त बलिउडकर्मीले ‘गोहीको आँशु’ झारेको भन्दै आलोचना समेत गरे । उनले भनेका छन्, ‘सुशान्तले भनेका थिए कि, कसैले पनि उनलाई पार्टीमा बोलाएका थिएनन् । उनले बलिउडले आफूलाई परिवारको सदस्यको रुपमा स्वीकार नगरेको बताएका थिए । उनी सधैँ यही कुराले दुखी र निराश थिए । बलिउड स्टप हिप्पोक्रेसी एन्ड घडियाली टियर्स‘ ।’
त्यसो त, सुशान्त अब्बल अभिनेता हुँदा हुँदै पनि धेरै ठाउँबाट उनलाई अघोषित रुपमा वहिष्कार नै गरिएको थियो । जस्तो कि, ‘काइ पो चे’ जस्तो सफल फिल्ममा उनले डेब्यू गर्दा नै आफुलाई पुष्टि गरिसकेका थिए । ‘पिके’, ‘केदारनाथ’ जस्ता फिल्ममा सुशान्तले सम्झनलायक काम गरे ।
कठिन मेहनतबाट बलिउडमा स्थापित बनेका सुशान्तले फिल्म अवार्ड पाउनुपर्ने गुनासो बलिउडमा सुनिरहन्थ्यो । यतिसम्म कि, कंगना रनोटले त ‘गल्ली ब्वाइ’भन्दा ‘काइ पो चे’ धेरै हिसाबले अवार्डका लागि योग्य फिल्म रहेको टिप्पणी गरेकी छन् ।
विडम्वना कस्तो भने, हरेक वर्ष सुशान्तको अभिनयको प्रशंसा त धेरै हुन्थ्यो । तर उनी फिल्म अवार्डमा नै बोलाइँदैनथे । यतिसम्म कि, प्रोड्युसरहरुको पार्टीमा समेत उनलाई बोलाइँदैनथ्यो ।यसको मतलब सुशान्त एक किसिमले उपेक्षित वा वहिस्कृत जस्तै थिए । त्यसो त, सुशान्त आफैँ पनि कतिपय सन्दर्भमा बलिउडले परिवारको सदस्यको रुपमा स्वीकार नगरेको गुनासो गर्ने गरेका थिए ।
बलिउडकी अभिनेत्री कंगना रनौतले अभिनेता सुशान्त सिंह राजपूतको निधनको कारण बाहिर प्रचार गरिएको जस्तो नभएको बताएकी छन्। कंगना रनौत टिम नामक ट्वीटर एकाउन्टमार्फत भिडियो सार्वजनिक गर्दै उनले सुशान्तलाई जसरी ‘कमजोर मनोबल र कमजोर दिमाग भएको’ भनेर व्याख्या गरिएको छ, त्यो गलत भएको बताएकी छन्।
उनले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो र्याङ्कमा आएर छात्रवृत्ति पाएका थिए। उनले त्यत्रो संघर्ष गरेका छन् उनको दिमाग कसरी कमजोर हुन सक्छ ?’ उनले भिडियोमा भनेकी छन्, ‘सुशान्त सिंह राजपूतको मृत्युले हामी सबैलाई त्रसाएको छ । तर कोही मानिसहरु जो अफवाह फैलाउन एकदमै जान्ने छन्, उनीहरु भन्दैछन् की सुशान्त मानसिक रुपमा कमजोर थिए र डि प्रेशन भयो अनि यस्तो गरे। जुन युवा र्याङ्क होल्डर थिए, इन्जिनियरिङमा छात्रवृत्रि पाएका थिए उनको दिमागलाई कसरी कमजोर भन्न मिल्छ ?’
कंगनाले अगाडि भनेकी छन्, ‘उनको पछिल्लो पोस्टहरुमा यो कुरा स्पष्ट भनिएको छ की ‘प्लीज मेरो चलचित्र हेर।’ अन्तर्वार्तामा पनि उनले भनेका छन्, ‘यो इन्डस्ट्रीमा मेरो कुनै ‘गड फादर’ छैनन्, मलाई यहाबाट निकालिन पनि सकिन्छ। मलाई यो इन्डस्ट्रीले अपनाएको छैन, म किन यहाँको जस्तो अनुभव गर्न सकिरहेको छैन ?’ उनको यो भनाईमा केही तर्क छैन ?’
कंगनाले अगाडि भनेकी छन्, ‘तपाईँ याद गर्न सक्नु हुन्न ! काय पो चे जस्तो चलचित्रबाट उदाएका यो कलाकारलाई कुनै डेब्यू बेस्ट एक्टरको अवार्ड किन दिइएन ? केदारनाथ, छिछोरे, ध्वनि जस्तो चलचित्रमा काम गरेका छन्। गलिव्याई लगायत बकवास चलचित्रलाई अवार्ड दिइन्छ तर छिरोरे जस्तो चलचित्र र त्यसका निर्देशकलाई अवार्ड दिँइदैन। काम गरिन्छ तर त्यसको कृतज्ञता खोई ?
मलाई तपाईँको केही चाहिएको छैन, तर जे काम मैले गरेको छु, त्यसको आभार मलाई किन दिँइदैन ? म आफै निर्देशन गर्छु, मेरा सुपरहिट चलचित्रलाई फ्लप भनिन्छ। म माथि ६ वटा मुद्दा लगाइन्छ, मलाई जेल पठाउन खोजिन्छ। र यिनीहरुको जो चम्चा पत्रकारहरु छन्, जो सुशान्त जस्ता कलाकारको बारेमा मा’नसिक, दुर्व्यसनी थिए भनेर लेख्छन्। सञ्जय दत्तको दु र्व्यसनी त यिनीहरुलाई धेरै राम्रो लाग्छ त ! यिनीहरु मलाई किन सन्देश पठाउँछन्, ‘तिम्रो नराम्रो समय छ, तिमी यस्तो उस्तो नभन्नु। किन मेरो दिमागमा भर्न चाहन्छन् की म आ त्मह त्या गरौँ।
सुशान्तले एउटै गल्ति गरे, त्यो भनेको उसले यस्ता कुराहरु माने। उनीहरुले भने ‘तिमी बेकार छौँ’ उनले माने। सुशान्तले उनको आमाले के भनेकी थिइन् त्यो सम्झेनन्। उनीहरुले भने, ‘तिम्रो केही हुने वाला छैन’ उनले माने। उनीहरु यहि चाहन्थे इतिहासमा यो लेखियोस कि ‘सुशान्त मानसिक रुपमा कमजोर थियो।’ उनीहरु सत्य के हो त्यो बताउने छैनन्। अब हामीलाई यो निश्चय गर्न जरुरी छ की कसले इतिहास लेख्छ।’
अभिनेत्री कंगना रनौत बलिउडकी निडर अभिनेत्रीको रुपमा चिनिन्छिन्। उनले खुलेरै बलिउडमा भएको नातावाद र कृपावादको विरोध गर्ने गरेकी छन्। अभिनेता सुशान्त १४ जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए। उनले देहत्याग गरेको प्रहरीले बताएको छ।